नवराज ज्ञवाली पाल्पा , रिब्दिकोट गाउँपालिकाले यहि चैत्र १८ गते वडा नं ७,पालुङमैनादी,बतासेबजारमा बृहत निस्शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । स्वास्थ्य सेवाबाट गाउँपालिका भित्रका जनतालाई लाभान्वित गराउने उद्वेशयले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयो। स्वास्थ्य सेवा सजिलो गरि सबै जनताले पाउनुपर्छ भन्ने मान्यता अनुसार हामीले स्वास्थ्य शिविर संचालन गरिरहेको अध्यक्ष कार्कीले भन्नुभयो।‘विभिन्न संस्थाहरु संगको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको बताउँदै उहाँले सबै खाले रोगको परिक्षण गरिने भन्दै निस्शुल्क औषधि वितरण समेत गरिने उहाँले बताउँनुभयो।
रोटरी क्लबको प्राविधिक सहयोगमा हुने निस्शुल्क शिविरमा सबै किसिमको रोगको चेकजाँच हुनेगरि शिविर संचालन हुन लागेको जानकारी दिनुहुदै अध्यक्ष कार्कीले रिब्दिकोट(७,बतासेबजार स्थित कालिका माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर संचालन हुनेछ उहाँले भन्नुभयो। १४ जना विभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले शिविरमा सेवा दिने बताउँनुहुदै उहाँले स्वास्थ्य शिविरबाट नाक, कान, घाँटी, बालरोग, महिला रोग, दन्तरोग तथा हाडजोर्नी रोग सम्वन्धि बिशेषज्ञहरुबाट शिविरमा उपचार सेवा दिने अध्यक्ष कार्कीले बताउँनुभयो ।
रिब्दिकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले पाक्षिक निस्शुल्क स्वास्थ्य शिविरबाट फरकफरक दिनमा फरक उपचार गरि जनतालाई सेवा दिएको जानकारी दिदै उहाँले अहिले जनरल सर्जरी,रेडियोलोजिस्ट,फिजिसियन तथा ल्याव सेवा,मनोपरामर्श सेवा,अौषधि वितरण लगायतका स्वास्थ्य सेवाहरू शिविरबाट प्रदान गर्ने उहाँले बताउँनुभयो।
रिब्दीकोट गाउँपालिका सबै वडाका एक हजार बढि जनताले निस्शुल्क स्वास्थ्य सेवा शिविरबाट लिने अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउँनुभयो। पाक्षिक रुपमा गरिएको शिविरमा अहिलेसम्म सात सय बढि रिब्दीकोट वासी जनताले शिविरबाट सेवा लिएको उहाँले बताउँनु भएको हो। गाउँपालिकाको समन्वयमा हुने निस्शुल्क स्वास्थ्य शिविरबाट प्राप्त सेवा उपभोग गर्न पाउँदा अत्यन्तै खुशी भएको रिब्दिकोट गाउँपालिका,पालुङमैनादी बस्ने कमला कुँवर बताउँनुहुन्छ ।













