चैत १०,पाल्पा ।
लुम्विनी प्रदेशका १२ वटा जिल्लाका प्रेस चौतारी नेपालका पदाधिकारीहरुलाई २ दिने लेखा व्यबस्थापन तालिम तानसेनमा सुरु भएको छ । शुक्रवार तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठनलाई आर्थिक रुपम पारदर्शी बनाउन, हिसाव किताव राम्रो राख्न तालिम निकै प्रभावकारी हुने बताए ।
अहिले राजनतिक संघ संघठन देखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यवस्थित लेखा प्रणाली नभएको अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरुलाई नयाँ अभियानमा जोड्ने महासचिव लामाले बताए । जुन संस्थामा आर्थिक पारदर्शी हुन्छ त्यो संस्था चलायमान, गतिशित र सबैको विश्वासिलो संस्थाको रुपमा परिचित हुने भएकोले अव प्रेस चौतारी नेपालले पाल्पाको सिको गर्दै देशभरी यो अभियान संचालन गर्नुपर्ने सचिव लामाले बताए ।
कार्यक्रममा प्रेश चौतारी लुम्विनी प्रदेशकी महासचिव निरु गौतमले संगठनलाई व्यवस्थित, कानुनी रुपमा पारदर्शी बनाउदै चलाउने जिम्मेवारी बढी अध्यक्ष र कोषाध्यक्षको रहेकोले १२ जिल्लाका अध्यक्ष र कोषाध्यक्षलाई लक्षित गरी लेखा व्यबस्थापनको तालिम आयोजना गरिएको बताईन ।
संगठन संचालन गर्नको लागी आम्दानी खर्च दुबै पाटो जरुरी भएकोले हिसाव किताव पनि व्यस्थित लेखा प्रणालीबाट राख्नुपर्ने हुदा २ दिने तालिमको आयोजना गरिएको लुम्विनी प्रदेशकी महासचिव गौतम जानकारी गराइन् ।
प्रेश चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा प्रेश चौतारी नेपाल लुम्विनी प्रदेशको समन्वय, होटल पौवाको सहकार्यमा तालिम संचालन भएको हो । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य एवं पाल्पा ईन्चाज मिलन विश्वकर्माको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।
पहिलो दिनको लेखा व्यबस्थापन तालिममा लेखा परिक्षक दिवाकर अर्यालले कार्यालय व्यबस्थापन, नगदी रसिद, गोश्वरा भौचर, वैक नगदी किताव, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिएका हुन् । पत्रकार महासंघ पाल्पाका पुर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषय बस्तुमा रिपोटिङ्ग गर्नुपर्ने विषयबस्तु, डा राम बहादुर राउतले संस्थाको कोष बृद्धि, आर्थिक प्रतिवेदन तयार विधीको विषयमा प्राध्यापक गुराश आत्रेय, लेखा परिक्षण र बेरुजुका विषयमा लेखा अधिकृत चण्डीराज बस्यालले सहजीकरण गरेका छन् ।













