नवराज ज्ञवाली पाल्पा,
रिब्दीकाेट गाउँपालिका-४, भैरवस्थानमा अवस्थित दक्षिण एशियाकै प्रसिद्ध भैरवनाथ मन्दिरमा अक्षयकोष स्थापना गरिएको छ।
तानसेन नगरपालिका -५, चउनबारी स्थायी घरभै अमेरिका, मेरिल्याण्ड बस्नुहुने रामजी रावलले भैरवनाथ मन्दिरमा अक्षयकोष राख्ने इच्छा ब्यक्त गर्नुभएकाे हाे ।उहाँले अक्षयकोष राख्ने इच्छा गरे संगै भैरवनाथ मन्दिर ब्यवस्थापन समितिले उहाँको इच्छाअनुसार अक्षयकोष स्थापना गर्नकाे लागि ब्यवस्थापन समितिकाे बैठक बसी रामजी रावल काे अनुरोधलाई स्वीकार गर्दै भैरवनाथ मन्दिरकाे नाममा पाल्पा स्थित कृषि विकास बैंक लिमिटेड मा खाता संचालन गरि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हाे।
गुठी अन्तर्गत संचालनमा रहेको भैरवनाथ मन्दिर दक्षिण एशियाकै ठूलो त्रिशूल भएको मन्दिरकाे रूपमा प्रसिद्ध रहेको छ।
ब्यवस्थापन समितिले आफ्नो इच्छाअनुसार निर्णय गरि अक्षयकोष राख्नका लागि समन्वय गर्नुहुने मन्दिर ब्यवस्थापन समिति र समितिका पूर्व पदाधिकारी बुद्धिजीवी लगायत सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुहुदै उहाँले आफ्नो स्वर्गीय मातापिता र पिता राम बहादुर रावल र माता तुलसी कुमारी रावलकाे स्मृति सम्झना स्वरूप यस भैरवनाथ मन्दिर अक्षयकोष स्थापना गरि प्राप्त भएको ब्याजले मन्दिरकाे पुजा संचालनमा खर्च गर्ने गरि रामजी रावलले रू:- १६५१०१/- अक्षरूप एक लाख पैँसठ्ठी हजार एक सय एककाे अक्षयकोष स्थापना गर्नुभई रावलले भैरवनाथ मन्दिर परिसरमा एक कार्यक्रमका बीच भैरवनाथ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गाेविन्द बहादुर पाेखरेललाई अक्षयकोष वापत रकम जम्मा गरेको भौचर हस्तान्तरण गर्नुभएको हाे।
अक्षयकोषकाे रकम जम्मा भाैचर हस्तान्तरण गर्दै रावलले भैरवनाथकाे पुजाअर्चना र दर्शन गर्नाले मानव जीवनमा शुख शान्ति ब्यर्थ ,नकारात्मक र अनावश्यक विचारले हुने अशान्तिलाई हटाउने भन्दै उहाँले भैरवको अर्शिवादले मानव मनलाई मानसिक रूपमा शान्त बनाउँदै मनले चिताएकाे कुरा पूरा गरिदिने भएकाले भैरवको पुजाआजा गर्दा स्वच्छ र चाेखाे मनबाट पुजा गर्नाले सबै दुख हरिने र शुखकाे अनुभूति हुने बताउँदै उहाँले मानिस जाे जहाँ बसे पनि सारा जगतमा देवताकाे बाँस हुने भएकाले आफुले कर्मगर्दा वा शुद्ध मन गरेर देवता पुज्न सके कुनै किसिमको दुख कष्ट नआउने यदि आएमा पनि हराएर जाने उहाँलेबताउँनु भयाे।
अक्षयकोषकाे नगद जम्मा भाैचर हस्तान्तरण गर्दै दाता रामजी रावलले याे अवसर प्रदान गरिदिनुहुने मन्दिर ब्यवस्थापन समितिलाई धन्यवाद दिदै फेरि पनि यस किसिमको सहयोग आफुले गर्ने बताउँनु भयाे। भाैचर हस्तान्तरण कार्यक्रममा अक्षयकोष दाता रावललाई सम्मान गर्दै मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले भैरवनाथ शक्तिशाली देवताकाे रूपमा रहेको बताउँदै उहाँले सबै किसिमको दुख र समस्याबाट मुक्त हुन र मनले चिताएकाे इच्छा पूरा गरिदिने भगवान भएकाले दुख हरण निवारण गर्ने देवता भैरवनाथलाई लिने गरिन्छ त्यसैले पनि पुजा दर्शन गर्दा शुद्ध मनबाट गरेमा वा मनले चिताएर गरेको भैरवनाथकाे पुजाले मानिसकाे दुख कष्ट हरेर जाने शुख शान्ति प्राप्त हुने भएकोले यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न स्थानबाट भक्तजनको उपस्थिति हुने गरेको भन्दै भैरवकाे पुजाअर्चना गर्न लाई दिनहुँ भक्तजनकाे संख्या बढ्दैछ,याे मन्दिरमा सबै धर्ममा अास्था र विश्वास राख्नेका लागि साझा धार्मिक गन्तव्यकाे रूपमा रहेकोले पनि यहाँ दर्शन गर्न मानिसहरू श्रद्धाका साथ उपस्थिति हुने गरेको बताउँदै भैरवको आर्शिवाद लिने भक्तजनहरूकाे उपस्थिति पनि दिनहुँ बढि रहेको भैरवनाथ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले बताउँनुभयाे।
अक्षयकोषकाे रकम जम्मा भाैचर हस्तान्तरणमा मन्दिर ब्यवस्थापन समितिका पूर्व सचिव नवराज
ज्ञवालीले कार्यक्रमकाे संचालन गर्नुभएको थियोे ।













