सुमन कार्की
पाल्पा चैत १०, बिश्व क्षयरोग दिबस २०२३ स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार जिल्लाका क्रियाशिल पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । बिश्व क्षयरोग दिबस हरेक वर्षको २४ मार्चमा मनाईने गरिएको छ ।
“हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइदै छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले क्षयरोगकै कारण अझै पनि रोगीहरुले मृत्युवरण गर्नु परेको बताउनुभयो । उहाँले जनचेतनाका लागी सबै नागरिक सम्म रोगको बिषयमा जानकारी तथा यसको निदानका उपायहरु पुर्याउनु पर्ने आवश्यक्ता रहेको वताउनु भयो।
कार्यक्रमका बिशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अन्य कार्यक्रम गर्नु भन्दा पत्रकारहरु बीच अन्तरक्रिया गर्दा जिल्लाका अधिकाम्स नागरीक समक्ष सूचना पुग्ने बताउनुभयो । बास्तोलाले अन्य कार्यक्रमको तुलनामा यस कार्यक्रम फलदाही रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष क्षयरोगका बिषयमा पत्रकारहरुले समेत धेरै कुरा जान्ने अवसर मिलेको र सवैले यस विषयलाई जनता समक्ष पुर्याउने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग अधिकृत बिश्वनाथ न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । यहाँले पाल्पामा क्षयरोग सर्ने रोग भएकाले फोक्सोको क्षयरोग जटिल हुने बताउदै नियमित ६ देखी ९ महिनासम्म औषधी सेवन गरे रोग पूर्ण रुपमा निको हुने यदि जटिल किसिमको क्षरोग भएमा १ वर्ष सम्म पनि औषधी सेवन गर्नु पर्ने क्षयकुष्ठ अधिकृत न्यौपानेले बताउनुभयो ।
जिल्लामा पछिल्लो छ महिनाको तथ्याङ्क अनुसार १५ जना क्षयरोगीको मृत्यु भएको न्यौपानेले जानकारी गराउनु भयो । त्यस मध्ये रैनादेबी छहराका मात्र ५ जना रहेको न्यौपानेले बताउनुभयो ।
जिल्लामा हाल ३२४ जना क्षयरोगी रहेका छन् । जसमध्ये निस्दी गाउँपालिका र पूर्बखोला गाउँपालिकामा रोगीको संख्या अधिक रहेको पाइएको छ ।
अन्र्तक्रियामा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पत्रकार किरण कौशल लगाएतले जिज्ञासा राखेका थिए ।
क्षयरोग के हो यसका लक्षणहरु के कस्ता हुन्छन् र यसवाट बच्ने उपाय के के हुन् भन्ने वारे जानकारी यस प्रकार रहेको छ । सबैले जानी राखौं ।













