बुटवल, २२ फागुन
श्री नेवा: पुच: (नेवा समाज विकास परिषद) ले सामुहिक होली मिलन कार्यक्रम गरेको छ। रुपन्देहीमा रहेका नेवार समुदायका संघसंस्थाहरुले संयुक्त रुपमा सोमबार बुटवलमा होली मिलन कार्यक्रम मनाएको हो। फागु पुर्णिमाको महत्वलाई जोगाउने गरि परम्परागत रुपमा एकआपसमा सद्भाव र सम्मानको पर्व होली मनाउने प्रचलन चलाएको पुचका अध्यक्ष काजीमान श्रेष्ठले बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानिय सरकार सबै जाति, धर्म, लिंग र परम्पराको जगेर्ना गर्ने गरि वार्षिक योजना बनाएको बताए । समृद्ध बुटवल, सबल आर्थिक केन्द्र बनाउने अभियानमा सबै जाति, धर्म र समुदायको सहयोग जरुरी रहेको उनले बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानु लिगलले कृष्ण मन्दिरमा होली पर्व मनाउने प्रचलन शुरुवात गरेको स्मरण गर्दै यसको निरन्तरता महत्त्वपूर्ण भएको बताईन।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, वडा नं ९ का प्रदिप श्रेष्ठ, समाजसेवी चिरञ्जीवी जोशी, सचिव लक्ष्मी श्रेष्ठ, सहसचिव मोतिप्रसाद श्रेष्ठले संस्कार बचाउने अभियानमा सबैका साथ जरुरीरहने बताए।













