बिराट पहारी २०७९ फागुन २३ मङ्गलबार
"स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद पर्यटन प्रबर्द्धन को लागि खेलकुद" भन्ने मुला नारा सङ्गै अर्घाखाँची क्रिकेट संघको आयाेजनामा मंगलबार देखि चाैथाे अर्घाखाँची प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियम लिग (APL) सुरू भएको छ । उक्त कार्यक्रम जिसस प्रमुख जीवनारायण काेईरालाले ब्याटिङ गरि उद्घाटन गर्दै क्रीकेट खेलले जिल्लामा जन्मिएका खेलाडीले जिल्ला प्रदेश नेपाललाई विश्वसमक्ष चिनाएको बताए । खेलाडीको प्रसंशा गर्दै खेलले मानिसलाई शारिरीक र मानसिक स्वास्थ्य राख्नुका साथै नियमित र परिश्रमी बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले प्रतियागिताकाे सफलता सँगै सहभागी सबै खेलाडीलाई शुभकामना समेत दिएका थिए।
कार्यक्रम मा बोल्दै अर्घाखाँची क्रीकेट संघ का अध्यक्ष ऋषि भट्टराई ले जिल्ला देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनको लागि ए पि एल ले महत्वपूर्ण भूमिका खेलेको बताए । प्रथम पुरस्कार १लाख १ हजार रहने दोस्रो पुरस्कार ५१ हजार ट्रफी मेडल प्रमाणपत्र रहने छ भने उक्त खेलमा बेस्ट बलर , बेस्ट रनर , बेस्ट ब्याट्स म्यान लाई पुरस्कार ब्यवस्था गरिएको भट्टराई ले बताए । अजै कोभिड ले असर नगरेको भए अहिले छैटौं संस्करण हुने कुरा थपे,
प्रतियोगीतामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागिता रहने छ्न । यसै बिच आज भएको उद्घाटन कार्यक्रम मा सन्धिखर्क डान्स एकाडेमी र रेम्बो मन्टेस्वरीको बिशेश नृत्य प्रस्तुती रहेको थियो ।
यस अघिका दुई संस्करण अर्घाखाँची क्रीकेट एकेडेमीले आयोजना गरेको भएपनि २०७५ मङ्सिर ११ देखि जिल्लामा अर्घाखाँची क्रीकेट संघ गठन गरिएपछी जिल्ला क्रिकेट संघ दोस्रोपटक जिम्मेवारी लिएको छ। पहिलो संस्करणको उपाधी त्रिभुज कार्कीको कप्तानीमा रहेको सुपर सुपा ११ र दोश्रो संस्करण जगत क्षेत्रीको कप्तानीमा रहेको रोयल सन्धिखर्कले जितेको थियो भने तेस्रो संस्करणको खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले उपाधी जितेको थियो ।
यो सङ्गै चाैथाे अर्घाखाँची प्रिमियर लिग को पहिलाे खेल राेयल खाचिकाेट Vs इलाभेन ब्रदर्श डिभर्ना बिच भएको खेलमा राेयल खाचिकाेटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेकाे छ ।खेलकाे म्यान अफ दि म्याच खाचिकाेटका केशव गैरे बन्न सफल भए ।उनले महत्त्वपूर्ण ३ विकेट लिए ।













