बिराट पहारी फागुन २१- अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा "खेलाडी मान होइन सम्मान हो खेलकुद शान होइन हाम्रो पहिचान हो " भन्ने मुल नारा सहित सुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको अन्तिम दिन आज अर्घाखाँची बुलेटिन भलिबल क्लबले आफ्नो अन्तिम खेल मा जित हासिल गर्दै फाइनल उपाधी आफ्नो हातपारेको छ।
फाइनल खेलमा रोयल ढाकाबाङ्ग टिमलाई अर्घाखाँची बुलेटिन भलिवल क्लब ले ३- ० को सिधा सेटमा पराजित गर्दै विजय (उपाधि) हाँसिल गरेको छ । उपाधी जित्दै राशी ७१००० मेडल ,ट्फी,प्रमाणपत्र हातपारेको छ भने उपबिजेता बन्दै रोयल ढाकाबाङ ले ५१००० राशी मेडल, ट्फी र प्रमाणपत्र हात पारेको छ त्यस्तै तृतीय भएको हंसपुर ले ३१००० राशी सहित मेडल ,टर्फी र प्रमाणपत्र हातपारेको छ ।
त्यसैगरी अनुशासित खेलाडी मा हंसपुर भलिबल क्लबका खेलाडी विशाल जिशी , उत्कृष्ट खेलाडीमा रोयल ढाकाबाङ्कका खेलाडी नवीन महतो उर्फ " पुतली" ले हात पारे
भलिबल खेल भरी सोम दर्लामी, विश्व प्रकाश राना र अनिल जिसी ले रेफ्री को भुमिका निभाउनु भएको थियो कार्यक्रम मा सम्पूर्ण सहयोग दाताहरु ,खेलाडीहरु, रेफ्रीहरु,पत्रकारहरु ,कलाकारहरु लाई पनि सम्मान गरिएको थियो, त्यस्तै आजै भएको समापन कार्यक्रम मा प्रमुख अतिथीको रुपमा भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा कार्यक्रम को अध्यक्षता बाबुराम खनाल र कार्यक्रम संचालक रुपमा बिष्णु शर्मा रहनु भएकोे थियो। कार्यक्रम समापन मा बोल्दै बाबुराम खनाल ले भलिबल खेलमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता खेल हरु संचालन गर्न हरदम तयार रहने बताउनु भयो ।













