चोप शिलवाल
पाल्पा,१५ फागुन
सोमवार देशैभरि ४१औं मगर दिवस विभिन्न मगरीलोक संस्कृति झल्काउने कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ ।
यस्तै मगरी दिवस मनाउने क्रममा पाल्पाको तिनाउ वडा नं.६ डुम्रेमा पनि विभिन्न कार्यक्रमका साथ मनाईएको हो । तिनाउ गा.पा.का को ६ वटै वडामा बृहत मगरी साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ । गाउँपालिकाले प्रत्येक वडालाई रु ३० हजारका दरले कार्यक्रम आयोजना गर्न सहयोग गरेको थियो ।
वि.स.२०३९ साल फाल्गुन १५ गते तनहुको दमौलीमा मगर समाजको गठन सगैै यो दिवस मनाउन थालिएको हो ।
डुम्रे मगर सेवा समाज र आदिवासी जनजाती समन्वय समितिको आयाजना तथा वडा कार्यालय तिनाउ वडा नं. ६ को सहयोगमा सम्पन्न बृहत मगर दिवश कार्यक्रममा डुम्रेमा ३००० हजार वढि दर्शकको सहभागीतामा मगर दिवस मनाईएको थियो । कार्यक्रमको प्रमुख अतिथि गा.पा.का अध्यक्ष प्रेम श्रेक्ष्ठले मगरी संस्कृति र परम्परा वचाई राख्नु पर्ने वताउदै पालिकाले आफ्नो क्षेत्रवाट सहयोग गर्ने वताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि मगर समाज पाल्पाका संस्थापक जुद्द व. थापाले जिल्लामा मगरी वाहुल्यता भएको र मगरी कला संस्कृतिको छुट्टै पहिचान रहेको वताउनु भएको थियो ।
सो कार्यक्रममा मगरीबाजा गाजा सहित विभिन्न मगरी सस्कृतिका गीत तथा नाचहरु पस्तुती गरिएको थियो । गंगा अस्लामीको अध्यक्षतामा चलेको कार्यक्रम प्रेम रानाले संचालन गर्नु भएको थियो ।
यसै गरि बग्नासकाली गाउँपालिका,तानसेन नगरपालिका,रामपुर नगरपालिका,माथागढी गाउँपालिका, रम्भा गाउपालिका लगाएतका सवै पालिकाहरुमा समेत विभिन्न कार्यक्रमका साथ मगरी दिवस मनाइएको थियो ।














