फाल्गुन १५ ,पाल्पा– पाल्पामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका वडा नं ६ घोर्लीघाटमा भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १ नाले भरुवा बन्दुक थान १, २५ वटा फलामको टुक्रा, कालो धुलो बारुद्ध ७० ग्राम फेला परेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका स्थानीय २८ वर्षका टीकाराम सारू र तिनाउ ६ घोर्लिघाटका ५८ वर्षिय नीरबहादुर सारू रहेका छन् । उनीहरुलाई अदालतबाट म्याद लिइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














