फागुन १६, पाल्पा -पाल्पा हुँगी। काश्यप गोत्रीय पछाई क्षेत्री काजीहरुको कुल पुजा सोमवार पाल्पाको हुँगीमा सम्पन्न भएको छ । हरेक ३ वर्षको फागुन महिनामा सम्पन्न गरिने पुजा विविध कारण वस यस पटक भने ५ वर्षको अन्तरालमा गरिएको कुलपुजाका मुल धामी हुम बहादुर पछाईले जानकारी दिनु भयो । विशेष गरि कुलपुजामा आ आफ्नै परम्परा तथा चलन चल्ती अनुसार अण्डा,खिर,कुखुराको भाले,नरिवल,भेडा,बोका चढाउने प्रचलन रहेको हुन्छ । काश्यप गोत्रीय पछाई क्षेत्रीले परम्परागत देखि नै बोकाको वली दिएर कुलपुजा गर्ने प्रचलन रहेको काश्यप गोत्रीय पछाईहरु वताउछन् । यस पटकको कुलपुजामा १ सय २९ घर परिवार वाट १ सय ४१ वटा वोका कुल मन्दिरमा पुजा गरिएको हो ।
काश्यप गोत्रीय पछाई क्षेत्रीहरुले हालसालै आफ्नै कुल मन्दिर निमार्ण गरि त्यसको व्यवस्थापन समेत गरेका छन् । मन्दिर व्यस्थापन तथा कुल पुजा व्यवस्थापनको जिम्मा पनि पछाई क्षेत्री काजी समाजले नै गर्दे आएको छ । पुजाको अगिल्लो दिननै टाडा टाडावाट आउनुपर्ने पछाई क्षेत्रीहरु मन्दिर परिसरमा जम्माभई पुर्नरमिलन तथा कुलपुजा व्यवस्थापनमा आवश्यक आर्थिक सहयोग समेत जुटाउने गर्दछन् । कुलपुजाको अगिल्लो रात मन्दिर परिसर सिगारीएर झिलिमिली पारीएको हुन्छ र राती मन्दिरमा कालरात्री पुजा सहित मन्दिर परिसरमै लामाउत्रने समेत हुन्छ । अर्को दिनको विहानै देखि कुलपुजा सुरु हुन्छ । सवैले पुजा सामाग्री सहित बोका लिएर मन्दिर आई बोकाको वलि दिई कुलपुजा सम्पन्न हुने काश्यप गोत्रीय पछाई काजी क्षेत्री समाजका कोषाध्यक्ष बावुराम पछाईले वताउनु भयो । काश्यप गोत्रीय पछाई क्षेत्री काजी समाजको कुलपुजाको अगिल्लो दिननै १३ सदस्यीय कार्यसमिती पुर्नरगठन भएको छ । नयाँ कार्यसमिती अनुसार अध्यक्ष मोहन बहादुर पछाई, उपाध्यक्ष यम बहादुर पछाई, सचिव रामकृष्ण पछाई,कोषाध्यक्ष बावुराम पछाई र सदस्यहरुमा राम बहादुर पछाई, हरिहर पछाई, लक्ष्मण पछाई, मिरा पछाई, भरत पछाई, खेम बहादुर पछाई, लक्ष्मण पछाई, रुपा पछाई, राम बहादुर पछाई रहेका छन् ।














