नवराज ज्ञवाली पाल्पा ,तानसेन नगरपालिका –७, सुन्दरगाँउमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयले स्थापनाको ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ। वि.सं.२०१३ फागुन १० गते आगन पिढी रूखको छहारी हुदै गुरूकुल शिक्षादिन सुरु गरेको बिद्यालयले अहिले सामुदायिक बिद्यालयको रूपमा जिल्लाको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिदै भब्यता सहित वार्षिकोत्सब मनाएको हो । बिद्यालयका संस्थापक स्वर्गीय पण्डित उमानाथ रेग्मी,संस्थापक प्रधानाध्यापक रामकृष्ण पौड्याल, संस्थापक शिक्षक हरिप्रसाद भट्टराईको अथक मिहिनेत र समाजका विशिष्ट ब्यक्ति, संघसंस्था ,अक्षयकोष दाता, सचेत अभिभावकको सहयोगले विविध चुनौतीहरूलार्र्र्र्इ चिर्दै यस गरिमामय ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गर्न सफल भएको हो ।
बिद्यालयको ६७ औँ वार्षिकोत्सब तथाअभिभावक दिवस कार्यक्रममा संघीय सांसद ठाकुरप्रसाद गैरे र प्रदेशसांसद वीरबहादुर राना,तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपाने,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा प्रमुख टंकप्रसाद भट्टराईको विशेषआतिथ्यमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं पाल्पा क्षेत्र नं.२ का संघीय सांसद ठाकुरप्रसाद गैरेको उद्घाटनबाट सप्ताहव्यापी विविध कार्यक्रम र गतिविधि सहित सुरुभएको कार्यक्रममा प्रधानाध्यापक शंकरप्रसाद पौडेलले बिद्यालयको वार्षिक प्रगति प्रतिवेदन संगै भावी नीति तथा कार्यक्रम समेटिएको बिद्यालयको वार्षिक आम्दानी खर्चको प्रतिवेदन रू.( २ करोड २९ लाख ९७ हजार ७ सय ४ रूपैयाँ बराबरको आयब्यय प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सब कार्यक्रममा प्रधानाध्यापक पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै उहाँले बिद्यालयको भौतिक अवस्था एवं शैक्षिक गुणस्तर वृद्धिमा विविन्न संस्था बाट भएको सहयोगको प्रशंसा गर्दै बिद्यालयलाई विविन्न निकायले भएको सहयोगको चर्चा गर्नुहुदै उहाँले यसकार्यमा शिक्षा विकास तथा समन्वय इकाई पाल्पा, संघीय सरकार, प्रदेश सरकार , तानसेन नगरपालिकाको निरन्तर सहयोग रहेको बताउँदै प्रधानाध्यापक पौडेलले अन्य संघसंस्था हरूले पनि यस बिद्यालयको शैक्षिक सुधार गर्नमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानाध्यापक पौडेलले बताउँनुभयो । कार्यक्रममा उहाँले पूर्व संघीय सांसद सोमप्रसाद पाण्डे , प्रदेश सांसद वीरबहादुर राना, पूर्व नगर प्रमुख अशोककुमार शाही,पूर्व वडा अध्यक्ष मुक्तिराम जिसी,पूर्व बिद्यार्थी विश्वनाथ पौड्याल, ध्रुव पौड्याल लुम्बिनी मेडिकल कलेज प्रभास, रोटरी क्लब अफ पाल्पा लुम्बिनी र लायन्स क्लब अफ पाल्पा बिपनाले पनि बिद्यालयलाई विविन्न समयमा महत्त्वपूर्ण सहयोग गर्दै आएको जानकारी दिदै उहाँले आभार ब्यक्त समेत गर्नुभएको थियो। बिद्यालयको ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै बिद्यालयको भावी नीति कार्यक्रम योजना सहित बिद्यार्थीको सिकाइ पठनपाठन र बिद्यालयको विकाससंगै अतिरिक्त क्रियाकलाप बौद्धिक, सामाजिक एवं खेलकुद र अन्य गतिविधिलाई विशेष रूपमा आवश्यक नीति लिएको वार्षिक प्रतिवेदनमा जानकारी दिनुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद ठाकुर प्रसाद गैरेले महत्त्वपूर्ण मन्तब्य राख्नुहुदै शैक्षिक गुणस्तरमा सुघार गर्न अभिभावक शिक्षक बिब्यस ले त्रिकोणीय सम्बन्ध राख्नुपर्ने भन्दै उहाँले अब शिक्षाको सुधार गर्न २०२८ को शिक्षा ऐनलाई पुनःलेखन गरि समय सापेक्ष बनाउन आवश्यक रहेको उहाँले सम्वोधनमा बताउँनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि गैरेले बिद्यालयले ६७ वर्षे लामो यात्रा तय गर्नु चुनौतीको विषय पनि संस्थालाई अब्बल र सफल शैक्षिक संस्थाको रूपमाअघि बढाउन सक्ने काम आफैमा प्रशंसनीय रहेको उहाँले भन्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले बिद्यालय स्थापनाको ६७ वर्षको इतिहास सम्म आइपुग्दा बिद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान र यहाँबाट उत्पादन भएर देशका विविध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाहमा रहेका जनशक्ति उत्पादन गर्न सक्षम रहेको भन्दै प्रशंसा गर्नुहुदै उहाँले संस्कार सहितको प्रविधियुक्त र व्यवसायिक गुणस्तरीय शिक्षा आवश्यक रहेकोले पनि बिद्यालयले त्यसतर्फ ध्यान दिन जरुरी भएको उहाँले भन्नुभएको हो। कार्यक्रममा तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवं बिद्यालय वार्षिकोत्सब कार्यक्रममा विशिष्ट अतिथि रेशमलाल न्यौपानेले तानसेन नगरपालिकाले दिने हरेक किसिमको सहयोग र बिद्यालयको आवश्यक स्रोतका लागि जहिले पनि सहयोग हुनेछ भन्दै विशिष्ट अतिथि न्यौपानेले बिद्यालयका माग भएर आएका योजना आर्थिक अनुदान सहयोग भईरहेको बताउँनु भयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले वार्षिकोत्सब कार्यक्रममा मन्तब्य दिनुहुदै बिद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धि वर्तमानमा रहेको भौतिक उपस्थिति र भविष्यमा हुन सक्ने सम्भावनालाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएर अघि बढन आग्रह गर्नुभएको थियोे ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक पशुपति भट्टराई, तानसेन नगरपालिकाका वडाध्यक्ष प्रदिप खनाल, राजेशकुमार अर्याल ,सारदा माध्यमिक बिद्यालय मदनपोखराका प्रधानाध्यापक खेमराज न्यौपाने, पूर्व वडाध्यक्ष मुक्तिराम जिसी, पूर्व बिद्यार्थी डक्टर विबेक भण्डारी,रोटरी क्लब अफ पाल्पा लुम्बिनी सचिव मुक्ति भुषाल,लाइन्स क्लब अफ पाल्पा विपनाका अध्यक्ष मोहनलाल कार्की सरस्वती बाल क्लव अध्यक्ष सुदीक्षा ज्ञवालीले आतिथ्यता गर्दै वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तब्य दिनुभएको हो । वार्षिकोत्सब कार्यक्रमको अवसरमा विविध विद्या अन्तर्गत छात्रवृत्ति वितरण गरिएको थियो भने कार्यक्रमकै अवसरमा बिद्यालयमा लामो समय देखि बिद्यालयमा शिक्षण गर्दै आउँनुभएको शिक्षक रेनुका देवकोटालाई दीर्घसेवाले सम्मान गरिएको हो। त्यसैगरी बिद्यालयका पूर्व प्रधानाध्यापकहरू लाई समेत सम्मान गरिएको छ। सम्मानित हुनेमा पशुपति भट्टराई ,गंगाराम पौड्याल रहनुभएको छ। पूर्व प्रधानाध्यापक रामजी नेपाललाई मरणोपरान्त सम्मान गरिएको हो । त्यस्तै बिद्यालयको ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा दस वर्ष माथि सेवा गर्नुभएका प्रधानाध्यापक शंकरप्रसाद पौडेल ,कार्यालय सहायक रूपबहादुर थापा र कार्यालय सहयोगी सुकदेव भट्टराईलाई कार्यक्रमकै अवसरमा सम्मान गरिएको छ।
वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट बिद्यार्थीको रूपमा सुदीक्षा ज्ञवाली ,मनिष कंडेल ,एईईमा उत्कृष्ट अंक ल्याउने भुवन खनाल, विनिता क्षेत्री ,आशिका विक र पूर्व बिद्यार्थी डाक्टर विबेक भण्डारीलाई सम्मान गरिएको हो । त्यस्तै कार्यक्रमको अवसरमा कक्षा ११ सञ्चालन र पठनपाठनमा सहयोग पुर्याउने शिक्षक सहायक प्रधानाध्यापक धनकला गाहा, कमल पौडेल, गीता मिदुन, विष्णु भुषाललाई सम्मान गरिएको छ। त्यस्तै २०७८ को वार्षिक परीक्षामा उत्कृष्ट शिक्षण सिकाइ उपलब्धिमा विषयगत उत्कृष्टता ल्याउने शिक्षक गीता मिदुन, विष्णु भुषाल, अनिता प्रिति लाई पनि सम्मान गरिएको हो। भौतिक निर्माणमा विशेष योगदान दिएकोले निर्माण समितिका पूर्व अध्यक्ष कृष्ण बहादुर गाहा र उत्कृष्ट अभिभावकको रूपमा माया गहतराजलाई सम्मान गरिएको छ। त्यस्तै बिद्यालयलाई भौतिक तथा आर्थिक सहयोग गर्नुहुने पाल्पा क्षेत्र नं २ का पूर्व संघीय सांसद सोमप्रसाद पाण्डे ,लुम्बिनी प्रदेशका पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री एवं प्रदेश सांसद वीरबहादुर राना ,पूर्व नगर प्रमुख अशोककुमार शाही र तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेलाई सम्मान गरिएको हो।त्यसैगरी विविन्न समयमा बिद्यालयको सामाजिक तथा अतिरिक्त कार्यक्रम र बिद्यालयको आर्थिक सञ्चालन विशेष सहयोग पुर्याउने ग्लोबल आइएमइ बैंक,सिटिजन्स बैंक र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था बाँसटारीलाई सम्मान गरिएको छ।
बिद्यालयको ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष जनकबहादुर गाहा र बिद्यालयका सहायक प्रधानाध्यापक धनकला गाहाले स्वर्गीय पिता टंकबहादुर गाहा, माता विष्णुकुमारी गाहाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ। त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष ओमबहादुर विश्वकर्मा,पूर्व बिद्यार्थी प्रेमा जिसी र उमा जिसीले विविन्न क्षेत्रका लागि अक्षयकोष स्थापना गर्नु भएको छ। बिद्यालयको ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षता सहायक प्रधानाध्यापक धनकला गाहाको स्वागत सहायक प्रधानाध्यापक नरेन्द्र न्यौपाने र शिक्षक विष्णु भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













