पोखरा, १ माघ
एति एयर दुर्घटनामा वढि मानवीय क्षतीको आशंका गरिएको छ । दुर्घटनास्थलवाट ३२ जनाको शव निकाली सकिएको छ । विहान १०ः३० वजे काठमाण्डौवाट पोखराको लागी उडेको विमान पोखराको सेती खोँचमा दुर्घटना परेको हो । विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक र ३ जना बालबालिका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ भने थप अझवढि मानविय क्षती हुन सक्ने जनाउदै उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।













