सुमन कार्की
पाल्पा १ माघ
पाल्पा, गुल्मी र स्याङ्जा ३ जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा आज देखी माघे सक्रान्ती धार्मिक मेला सुरु भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा तिनमुखे पुल निमार्ण संगै मागेसक्रान्ती मेलामा गण्डकी स्नान गर्ने र ऋषिकेश देबताको दर्शनको लागी भक्तजनहरुको भिडभाड बढेको छ । कास्नानगमानिसले अन्जानमा गरेका सम्पुर्ण पाप नास हुने जनबिश्वास रहेको पाईन्छ । कालीगण्डकीमा प्रत्येक बर्ष रुरु क्षेत्रमा परापुर्बकाल देखी नै जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ । धार्मिक मेलामा नेपाल संगै छिमेकी मुलुक भारत उत्तर प्रदेश, महाराष्ट्रसम्मका हिन्दु धर्मालम्बीहरु रुरु क्षेत्रधाम रिडिमा आउने गर्दछन् ।
रुरु क्षेत्रमा भगवान हृषिकेशको विशेष महत्व रहेको छ । भगवान हृषिकेश लाई साक्षत रुपमा आफै उत्पत्ति हुनु भएका विष्णु भगवानको रुपमा हिन्दुधर्मालम्वीहरुले पुजाआजा गर्दै आएका छन । मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रको कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राती भगवान प्रकट भएर स्नान गर्दा ठोकिएको म विष्णु भगवान हो , मलाई कालीगण्डकी वासपासमै मन्दिर बनाएर राख र सेवा गर भन्ने आदेश आएपछि मणिमुकुन्द सेन प्रथमले ऋषिकेश मन्दिर निर्माण गरेपछि रुरु क्षेत्रको धार्मिक महिमा बढ्दै गएको मन्दिर व्यवस्थापन समिताका अध्यक्ष परशुराम भट्राई वताउनु हुन्छ ।
रुरुधामको मनले चिताएको पुग्ने र पहिलै देखिको धर्मिक आस्था र विश्वासकै कारण विहानै देखि टाडा टाडावाट आउने दर्शनार्थीहरुको घुइचो लाग्ने गरेकोे दर्शनार्थीहरुको भनाई रहेको छ ।मनोकामना पुराहुने धार्मिक आस्थाका कारण विहानै देखि गण्डकीमा नुहाउने र ऋषिकेश मन्दिर दर्शन गर्नेको भिड हुने भक्तजन तथा दर्शानर्थीहरुको भनाई छ ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, जुम्ला, मनाङ, मुस्ताङबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित बिभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन् । धार्मिक मेलामा होटल व्यबसाय देखी स्थानीय कृषि उत्पादन समेत विक्रि वितरणको लागी रिडि बगरमा स्थलहरु राखिएका छन ।
मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, काजु लगायतका सरसमानहरु किनमेलको कारण आर्थिक कारोवार बृद्धि हुने र तिनमुखे पुल निमार्ण सगै दर्शनाथीहरु पनि वढ्ने अपेक्षा गरिएको तानसेन १४ अर्गलीका वडा अध्यक्ष शोभाखर भट्राईले वताउनु भयो । हालसालै निमार्ण सम्पन्न भएको तिनमुखे पूलले यसपटक भक्तजनहरुकोलागी समेत थप आर्कषकको केन्द्र वनेको छ रिडी । हजारौ भक्तजनहरु पुलको अवलोन गर्दे वारपार गरेको,पुलमा गई सेल्फी खिच्ने र टिकटक बनाउने गरेको पनि देख्न सकिन्छ । तिनमुखे पुल निमार्ण संगै तिन जिल्ला जोडिएको हुदा पनि यस पटक भक्तजनहरु वढिआएको स्थानियको भनाई छ । रिडी क्षेत्रलाई ३ दिने धार्मिक मेलाको अवशरमा स्थानीय युवाहरुले स्वंयसेवक परिचालन गरी व्यबस्थित बनाएका छन् । यसैगरी पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भिडभाड लाग्ने गर्दछ ।















