पाल्पा, २९ पुस
सुमन कार्की
तिनाउ ६ डुम्रेमा रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडको नव निर्मित भवनको समूद्घाटन सम्पन्न भएको छ। भवनको लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ति मगरले शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद घर्तिले कृषि सहकारीको माध्यमबाट गाउँको समृद्धि र बिकासमा टेवा पुग्ने बताउनुभयो ।
प्रदेश सांसद घर्तीले सरकारले दिएको अनुदानलाई छोटो समयमै उपयोग गरी कृषि सहकारीको भवन बनाउन सफल भएकोमा समितिलाई धन्यवाद दिनुभयो,उहाँले दुधको बजार र मुल्यमा आएको समस्यालाई प्रदेश सरकारले नीति बनाएर समाधान गर्ने बताउनुभयो ।
सांसद घर्तीले किसान मैत्री कानुन कार्यान्वयनका लागी सरल र सहज कार्यविधि बनाउनुपर्ने बताउदै उहाँले कृषकहरुलाई आफुले कागजी किसान र माटो किसान गरि २ किसिमले हेर्ने गरेको वताउनु भयो । विगतमा कागजी किसानले सकारलाई झुक्याई धेरै अनुदान कागजी प्रक्रियामामात्र सिमित रहने र अनुदानको दुरुप्रयोग गरेको उदाहरण दिदै सवै अनुदानका कार्यक्रम दिदा सजगभई वास्तविक किसानले अनुदान पाउनु पर्नेमा सवै सम्त्रन्धीत निकाएको समेत ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रको विकास र विस्तारमा डुम्रे दुग्ध कृषि सहकारीको महत्वपूर्ण भुमिका रहेको र एउटा नमुना कृषिसहकाीको रुपमा पनि चिनिन सफल भएको बताउनु भयो । पालिकाले समेत त्यसमा सक्रियता पूर्वक कार्यक्रम अगाडि बढाएको बताउदै कृषकहरुका माग र समस्यालाई गाउँपालिकाले पनि सम्बोधन गरिरहेको र कृषकहरुलाई अनुदानमा प्रतिलिटर २ रुपैया उपलब्ध गराउदै आएको वताउनु भयो ।
२०५१ सालमा स्थापना भई दुध खरीद विक्रीको व्यवसाय सुरु गरेकोे सहकारीमा अहिले एक हजार जना किसान आवद्ध भई दुध उत्पादन तथा संकलन गरिरहेको सहकारीका अध्यक्ष दुर्गाबहादुर खाँण ठकुरीले बताउनुभयो । सुरुका अवस्थामा सहकारीको आफ्नै भवन नहुदा भाडामा लिएर संचालन गर्दे आएकोमा अव भने आफ्नै भवनवाट सेवा सुरु गर्न पाउनु सवै सेयर सदस्यहरुको लागी गर्वको कुरा भएको वताउदै अध्यक्ष खाँणले सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलीएको बैङ्क भएको हुँदा जनतालाई समृद्दीको यात्रामा अगाडी बढाउन सहकारीले सहयोग गर्ने वताउनु भयो। डुम्रे दुग्ध कृषि सहकारीले गाई तथा भैसी पालक सहकारीमा आवद्ध कृषकहरुलाई दाना,पशु सुत्केरी पोषण खर्च,तथा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने गरेको समेत अध्यक्ष खाडले बताउनु भयो ।कृषकले उत्पादन गरेको दुध तथा कृषि उपजलाई सहज रुपमा बजारसम्म पु¥याउने उद्देश्य स्वरुप लुम्बिनी प्रदेश सरकारको ५५ लाख सहयोग प्राप्त भई बाकी कृषि सहकारी संस्था आफैले बेहोर्ने गरी कुल ९० लाख ४९ हजार ४१७ रुपैयामा भवनको निर्माण गरिएको सहकारीका व्यवस्थापक गोपाल जि.सी.ले वताउनुभयोे । सहकारीले पहिले दुध उत्पादन गर्ने कृषकहरु मात्र आवद्ध गरेकोमा अब वंगुरपालन, बाख्रापालन, तरकारी खेती गर्ने किसानहरुलाई पनि आवद्ध गराउने उदेश्य सहकारीको रहेको जि.सीले बताउदै,उत्पादनका आधारमा प्रदेश सरकार तथा गाउँपालिकाबाट कृषकहरुलाई दुधमा सहकारी मार्फत अनुदान प्रदान गरिदै आएको बताउनु भयो ।उहाँले हाल सहकारीमा ३ सय १० जना सेयर सदस्य , विभिन्न स्थानहरुमा रहेका दुध संकलन केन्द्र तथा सहकारीमा गरी १५ जना कर्मचारी कार्यरत रहेको बताउनु भयो । जि.सीले दैनिक २५०० लिटर दुध संकलन भई १ हजार ५ सय लिटर पाल्पामै खपत हुने र १ हजार लिटर पोखराको सुजल डेरिमा विक्रि हुने गरेको जानकारी दिनु भयो ।
सहकारीमा आवद्ध ३० जना कृषकले फर्म दर्ता गरेरै व्यवसाय गरेका छन् । डुम्रे दुग्ध कृषि सहकारीमा रिब्दीकोट, तानसेन, तिनाउ लगाएतका १० वटा संकलन केन्द्रबाट दुध संकलन हुने गरेको सहकारीले जानकारी गराएको छ ।
कार्यक्रममा भवन निमार्ण सम्बन्धी प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोय गर्नुहुने सवैलाई सहकारीले सम्मान समेत गरेको थियो ।
भवन उद्घाटन कार्यक्रममा सहकारीका सेयर सदस्य,कृषकहरु,वडा अध्यक्ष,राजनैतिक दल,विधालयका प्र।अ विभिन्न सहकारीका पदाधिकारीहरु,जग्गा दाता,कर्मचारी सामाजिक विकास डिभिजन प्रमुख,पत्रकार तथा शुभचिन्तक र स्थानियहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्लाकै चर्चित नौमति बाजा तथा नृत्य प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीको अध्यक्षता,उपाध्यक्ष शंकर प्रसाद भण्डारीको स्वागत र व्यवस्थापक गोपाल जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।













