पाल्पा,११ पुस
जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डि स्थित सर्वोत्तम चुनढुङ्गाखानी सुनवल भित्री सडक खण्डमा टिप्पर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ । सोमबार विहान टायरमा हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको हो ।
सहचालक टिप्पर भित्रै रहेको अवस्थामा अचानक टिप्पर गुड्न गई दुर्घटना भएको हो । मृत्यु हुनेमा सुर्खेत चिनगाड गाउँपालिका –६ का २७ वर्षीय जितबहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । सहचालक चलाउने दुवै टिपरको बिचमा च्यापिन पुगी घटना स्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













