पाल्पा १० पुस
रिब्दिकोट गाउँ पालिका वार्ड न ६ पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम समन्वय समितिको आयोजनामा आ ब ०७९ / ८० को कृषि अन्तर्रगत सार्बजनिकरण कार्यक्रम सम्पन्न भएको छ।
शम्भु नेपालको अध्यक्षता, रिब्दिकोट गाउपालिका प्रमुख नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता , रिब्दिकोट वार्ड न ६ वार्ड अध्यक्ष प्रकाश जङ रायमाझीको विशिष्ट आतिथ्यता, कृषि ज्ञान केन्द्र पाल्पाका कृषि बाली अधिकृत मिलन गैरे ,रिब्दिकोट गाउपालिका कृषि शाखा संयोजक रन्जिव कुवंर,भरत जिसि,मनु गैरे,रमेश ढकाल ,इन्द्रजङ रायमाझी , अमृता बगाले, पत्रकार खेमराज पान्डे ,रिब्दिकोट गाउपालिका रोजगार साहायक शिव पोख्रेल कृषि प्राबिधिक खिमा खड्का लगायतको आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा कृषि कार्यक्रम अन्तर्गत भवन निर्माण लागि निसुल्क जग्गा दान गर्ने ठिमुरे कल्याण कृषि सहकारी सस्थाका अध्यक्ष इन्द्र जङ रायमाझी र प्रेम बहादुर राना लगायत १० जना कृषकलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।कार्यक्रममा रिब्दिकोट गाउपालिका प्रमुख नारायण बहादुर कार्कीले गाउँ घरमा बाझो रहेका खेत बारिमा सुहाउँदो खालको खेती गर्नुपर्ने बताउनु भयो ।साथै स्थानिय सरकारले गर्नुपर्ने सहयोगमा कुनैपनी कसर बाकी नराख्ने प्रतिवद्धता गर्नु भयो। रिब्दिकोट कृषिको लागि राम्रो र कृषि योग्य रहेकाले कृषि गर्ने कृषकमा अधारित रहि कार्यक्रम गर्ने बताउनु भयो। कार्यक्रममा ४६ लाख ९४ हजार बराबरको कार्यक्रम सार्बजनिकरण गरिएको किरण रायमाझीले जानकारी दिनुभयो।













