पाल्पा ,९ पुस ।
शनिवार तानसेन नगरपालीका वडा न १४ अर्गलीमा भब्यताका साथ आलु महोत्सव सम्पन्न भएको छ । अर्गलीमा पहिलो पटक आयोजना भएको आलु महोत्सव रेडा पाल्पा,युएनडिपीको सहयोग र वडा कार्यालय अर्गलीको समन्वयमा भएको हो ।
आलु महोत्सवमा ९ वटा विभिन्न स्टलहरु रहेका थिए जहाँ आलुका परिकार देखि लिएर स्थानिय उत्पादित वस्तुहरु राखिएको थियो ।
महोत्सव उदघाटन गर्दे तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले आलु महोत्सव आफैमा किसानका लागि नौलो र प्रभावकारी भएको र तानसेन नगरपालिकाले अर्गली क्षेत्रको कृषिको व्यवसायीक प्रवर्द्धनमा कुनै कसर बाँकि नराख्ने आवश्यक परे चिस्यान केन्द्र निमार्णमा रेडा संगको साझेदारी निमार्ण गर्न तयार रहेको वताए ।
कार्यक्रमकी विशिष्ट अतिथी तानसेन नगरपालिकाकी प्रतिक्षा सिंजालीले अर्गली क्षेत्र उर्वर भूमि मानिने हुदा यस क्षेत्रका किसानहरुका लागी कृषिमा अवसर प्रशस्त रहेको वताइन् । यहाँ आलुमात्र नभई अन्य उपजहरु पनि राम्रो हुने उनको भनाई थियो । विशेष गरि यस क्षेत्रका महिला दिदी वहिनीहरु पनि आलु उत्पादनवाटै स्वरोजगारी वन्नु भएकोमा खुशी लागेको र अझ नगरले के कस्ता सहयोग र सहकार्य गर्नु पर्ने हो त्यस तर्फ पनि नगर सरकारले ध्यान दिने सिंजालीले वताईन् ।
आलु खेतिलाई प्रबर्द्धन गर्नका लागि र किसानलाई आलु खेतिर आलुवाट के कस्ता परिकार निमार्ण गरि विक्री वितरण गर्न सकिन्छ भन्ने कुराको समेत जानकारी गराउनको लागी यो महोत्सव राखिएको तानसेन नगरपालिका वडा न १४ अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।
यो महोत्सव किसानले उत्पादन गरेका कृषि उपजहरुलाई बजारिकरण गर्दै किसानलाई प्रोत्साहन गर्नुका साथै स्थानिय कला सस्कृति र आलुका बिभिन्न परिकारलाई पारखिमाझ पस्किन यस प्रकारका महोत्सव फलदायि हुने भएका कारण यस आलु महोत्सव गरिएको रेडाका निर्देशक लिला बहादुर कार्किको भनाई छ ।
महोत्सव स्टलमा नौलो आलुको खिर , पाल्पाली चुकौनी, आलुका पकौडा, आलुको अचार, आलसपरौठा,आलु साधेको, आलु फ्राइ, तरुल, स्थानीय चामलको पिठोको सेलरोटी विक्री विररणको लागी राखीएको थियो भने सम्पूर्ण अतिथि पाउनाहरुलाई आलुका परिकारको स्वाद चखाईएको थियो।
महोत्सवको विच विचमा विभिन्न स्थनिय कला सस्कृतिकको प्रस्तुतीकरण समेत रहेको थियो । पुर्खो देखि आलुलाई तरकारीको रुपमा हेरीदै आएता पनि आलुका विभिन्न परिकार वन्ने र त्यसैवाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा यस महोत्सवले दर्शाएको छ ।
महोत्सवमा तानसेन नगरपालिका , रिव्दीकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरु एवं राजनैतिक दलका प्रमुखसहित स्थानिय सर्वसाधारणको उपस्थिती रहेको थियो ।
सो अबसरमा विभिन्न कृषक समुहलाई सम्मान समेत गरिएको थियो।













