पाल्पा, ९ पुस
न्यु होराइजन आवासीय मा. वि बुटवलको आयोजनामा २९औ लुम्बिनी प्रदेश स्तरीय हाजिर जवाफ प्रतियोगिता न्यु होराइजन बोर्डिङ स्कूल पाल्पा मा सम्पन्न भएको छ। गुल्मी,पाल्पा,अर्घाखाँची गरि तीन जिल्लावाट २३ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा बलेट्क्सार गुल्मीको ज्ञव मा.वि प्रथम ,सिद्धी मा.वि रेसुङा गुल्मी दोस्रो र दम्कडा मा.वि पाल्पा तृतीय भएको छ। बिजय प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । सोही अबसरमा प्रमुख अतिथि खनालले हाजिर जवाफमा विभिन्न विषयवस्तुका विभिन्नक्षेत्रवाट प्रश्न सोधिने हुदा विद्यर्थीहरु लाई भबिस्यमा निजामती सेवामा प्रवेश गर्न सजिलो हुने बताउनु भयो । कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष महेश मान बज्राचार्य,न्यु होराइजन बोर्डिङ स्कुल पाल्पाका प्रिन्सिपल डासुराम पन्तले लगायतले शुभकामना दिनु भएको थियो। बिस्नु प्रसाद बश्यालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम हरि पौडेलको सन्चालन र न्यु होराइजन बुटवलका उप प्राचार्य बालकृष्ण भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम द्वितिय हुने प्रतियोगीहरु लाई पौष १५ गते न्यु होराइजन बोर्डिङ स्कुल बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराउने भएको पत्रकार राजेन्द्र लिगलले जानकारी दिनु भयो।













