सुशिल रेग्मी
पाल्पा ,९ पुस ।
तानसेन नगरपालिका ८ स्थित श्री कोकलदेवि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आफ्नो पहिलो साधारण सभा सब्य र भब्य तरिकाले सम्पन्न गरेको छ्र । शनिवार कोकलको खेल मैदानमा भएको कार्यक्रममा सस्थाकी अध्यक्ष उमा खनालले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे संस्थाको अवस्थाको बारे जानकारी गराउनु भएको थियो ।
उक्त सहकारि रेडा पाल्पा र हेफरको सहयोगमा सञ्चालन हुदै आएको छ्र । संस्थाले जिउँदो खसि बोका पनि बेचबिखन गर्दे आएको छ्र । यस सहकारि संस्थामा २१० सदस्य रहेको र आगमि दिनमा तानसेन ८ वडा भित्रका घरधुरीवाट एक घर एक सदस्य बनाउने लक्ष्यका साथ सस्था अगाडी वढेको अध्यक्ष खनालले बताउनु भयो ।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि वडा अध्यक्ष सोमनाथ अर्यालले उक्त सहकारिमा सम्पुर्ण वडावासी जोडिन अनुरोध गर्दे आगामि दिनमा सस्थाको हरेक क्रियाकलापमा आफ्नो र वडाको तर्फवाट साथ रहने प्रतिबध्दता गर्नुभयो ।
कार्यक्रममा सामाजिक सहज कर्ता सुनिता पान्डेले ब्राखाको अैचो पैचोबाट सुरु भएको संस्था आज यति ठुलो सहकारीमा परिणत भएको देख्दा खुशी व्यक्त गर्दे थप प्रगतीको कामना गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि तानसेन ८ का निवर्तमान अध्यक्ष राम प्रसाद घिमिरे, अतिथीहरुमा रेडा पाल्पा प्रतिनिधि झपेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।













