पाल्पा, ८ पुस
तानसेन बहुमुखि क्याम्पसको विद्यार्थी हित शाखाको चौथो अधिवेसनबाट नविना सारु मगर सभापतिमा चयन हुनु भएको छ । आज भएको अधिवेसनमा पहिलो पटक महिला सभापतिमा नविना सारु चयन भएकी हुन । त्यस्तै उप सभापतिमा आनन्द पाण्डे, सचिवमा माधव डुम्रे र पदम पोखरेल तथा कोषाध्यक्षमा मिनाल ब्रजचार्य सहित १५ जनाको कार्यसमिति चयन भएका छन् । अधिवेशनमा प्रमुख अथितिकारुपमा क्याम्पस प्रमुख पुश्कर राज रेग्मि तथा अतिथी पुर्व सभापतिहरु शंखर भण्डारी र सुभास गैरे , क्याम्पस प्रध्यापक संघका संयोजक श्रिधर नेपाल र अन्य शिक्षकहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
सभापतिको जिम्मेवारी हस्तान्तरण गर्दे निवर्तमान सभापति मनिस मल्ल ठकुरिले सम्पुर्ण विद्यार्थी तथा क्याम्पस परिवारलाई धन्यवाद दिदै अबका दिनमा विद्यार्थी हित शाखाको थप सफलताको शुभकामना दिनु भएको थियो । नव नियुक्त सभापतिले सम्पुर्णमा धन्यवाद दिदै आगमि दिनमा हरेक विद्यार्थीको समस्यालाइ आफ्नै समस्या झै मानेर समस्या समाधान गर्ने बाटोमा लाग्ने बताउनु भयो ।