पाल्पा ७ पौष ।
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार पाल्पा सिद्धबाबा मन्दिर आएकी हुन्। रूपन्देहीमा औद्योगिक व्यापार मेला उद्घाटन गर्न आउने क्रममा राष्ट्रपति सिद्धवावा मन्दिर आएकी हुन्।उनी पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिरमा आरधना सहित दर्शन गर्न आएको तिनाउँ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए। राष्ट्रपति आज विहिवार दिउँसो ३ बजे पछि सिद्धवावा मन्दिर आएकी थिइन्।
सिद्धबाबामा पूजा गरेपछि उनी काठमाडौँ फर्किएकी हुन्। उनलाई गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले सम्मान समेत गरेका थिए।