पौष ७, काठमाण्डौ
विहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नवनिर्वाचित सदस्यहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपति शमशेर जबराले शपथ गराएका हुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर शपथ समारोहमा उपस्थित भएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाकमै शपथ लिएका थिए ।