

पाल्पा ७ पौष ।
रुम टु रिडले जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरुमा बाल मैत्रि कक्षा व्यवस्थापन, वालमैत्रि शैक्षिक सामाग्री,शिक्षण विधि,शैक्षिक तालिमको व्यवस्थापन साथै वालमैत्रि पुस्तकालयको व्यवस्थापन गरि दिए पछि लक्षीत वालवालिकाहरु कक्षा कोठामा रमाउन थालेका छन्।
रुम टु रिडको आर्थिक सहयोग, बेस नेपालको कार्यान्वन र शिक्षा विकास तथा समन्वय पाल्पाको समन्वयकारि भुमिकामा पाल्पाका ६ वटा स्थानिय तहका करिब १११ वटा सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुलाइ रुम टु रिड पाल्पाले शैक्षिक क्षेत्रमा सहयोग गरेको छ।
जिल्लामा सन् २००८ बाट रुम टु रिड नेपालले पुस्तकालय कार्यक्रम संचालन गर्दे आएको हो। त्यसको प्रभावकारिताको लागि सन् २०१४मा साक्षरता कार्यक्रम लागु गर्दे आएको छ।
पुस्तकालय कार्यक्रम अन्र्तगत १ सय ११ वटा सामूदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। सन् २०१४ देखि ९३ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम लागु गरेको हो।
रुम टु रिड पाल्पाका कार्यक्रम संयोजक भुपाल आलेले शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनि हुने बताउनु भयो। त्यस्तै शिक्षा विकास तथा समन्वय पाल्पाका इकार्इ प्रमुख महेन्द्र सुवेदिले रुम टु रिडले सहयोग गरेका सामुदायिक विद्यालयका १ देखि ५ सम्मका विद्यार्थीहरुमा पढ्ने बानिको विकास गराएको, पढाई प्रति बालबालिकाहरुमा रुचि वढेको,आफुले सिकेका ज्ञानका कुरा साथिहरुमा सेयर गर्ने जस्ता वानीको विकास भएको वताउनु हुन्छ ।
श्री युवा वर्षा माध्ययमिक विद्यालय तिनाउँ १ कचलकी शिक्षीका फुल माया लम्तरी का अनुसार वालवलिकाले पहिलाको तुलनामा सर सर्ती पढ्न सक्ने भएको तथा शिक्षकहरुमा पनि पढाउने शैलि,पठन शिपको विकास र रोचक तरिकाबाट पढ्ने व्यवस्था तथा अभिभावकमा आफ्ना नानि बाबुलार्इ समयमा विद्यँलय पठाउने, घरमा नानिबावुलाई सीजिलैसंग सवै अभिभावकले पढाउ सक्ने जस्ता बानिमा विकास भएको जानकारि दिनु भयो।
यस्ता कार्यक्रमले वालवालिकाको पढाईमा रुची वढाउनुका साथै सामूदायिक विद्यालयले पनि संस्थागत विद्यालय सरह विद्यार्थीलाई आर्कर्षित गर्न सफल हुने देखिन्छ । त्यसैले पनि सम्बन्धी निकायहरुले यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।