पाल्पा ३ पौष
फिफा विश्व कप २०२२ अर्जेन्टिनाले हात पारेको छ । आइतवार राती फ्रान्स र अर्जेटिना विच भएको खेलमा अर्जेटिनाले फ्रान्सलाई हराउदै विश्व कप २०२२ उपाधि हासिल गर्न सफल भएको हो । २–२ गोलको वरावरीमा खेलको समय सकिएपछि थप समयमा १–१ गोल गरि ३–३ को वरावरी भएको थियो । पूनः पेनाल्टी शुट आउटमा अर्जेटिनाले फ्रान्सलाई हराएको हो ।













