सुमित रेग्मि
पौष ३ पाल्पा
नेपालि क्रिकेट ससर्थक समाज( NCSS) पाल्पा समन्वय समिति पाल्पाको जिल्ला संयोजक मा सुमित रेग्मि चयन भएका छन| आज तानसेनको होटल अन्नपुर्णमा सम्पन्न जिल्ला समन्वय समितिको वार्षिक साधारण सभाले नया कार्यसमिति गठन गरको हो | जिल्लाका निवर्तमान संयोजक बिजय कुमार बौडेलले सुमित रेग्मिलाइ पद हस्तान्तरण गर्दे जिल्ला संयोजक को जिम्मेवार प्रदान गर्नु भएको छ| नया गठित कार्यसमितिको सह-संयोजक सुजित कुमार थापा, सचिव विक्रम घिमिरे, सह-सचिव विपिन खडाल, कोषाध्यक्ष निशा खरेल तथा सदस्यहरुमा भोजु राना, माधव पौडेल, विक्रम बम्रेल शिशिर कोइराला चयन भएका छन। नव निर्वाचित संयोजकले अगामि दिनमा पाल्पामा हुने हरेक क्रिकेट क्रियाकलापमा सबेे पक्ष सित समन्वय गरेर अघि बड्ने बताए| एनसिएसएस पाल्पाले आफ्नो स्थापनाकाल देखि जिल्लामा हुने गरेका क्रिकेट गतिविधिहरुमा आफ्नो सहभागिता जनाउदेे आइरहेको छ|













