काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।
राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । धारा ७६को उपधारा (१) अनुसार कसैको पनि स्पष्ट वहुमत नदेखिएकोले राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न भनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा पौष १० गते साझ ५ः०० वजे सम्ममा दावी पेश गर्न आव्हान गरिएको छ ।














