पाल्पा ।
कुटुम्ब बहुउद्देशिय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । प्रदेश स्तरिय सहकारीले पाल्पा सहित रुपन्देही र गुल्मीका लागि समेत अनुमति लिएको छ । सधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले सहकारीले छोँटो समयमै प्रशंसनिय वितिय प्रगती गर्न सकेकोमा खुशि ब्यक्त गरे । वर्तमान समयमा कतिपय सहकारीले अनुशासन गुमाउँदा अन्य राम्रा सहकारीलाई समेत समस्या भएको र आर्थिक इमान्दारीता र पारदर्शिता सहकारीहरुको लागि चुनौतीको विषयबनेकोले यसलाई ध्यान दिएर काम गर्नुपर्ने पाण्डेले वताए।
कुटुम्ब बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष ठानेश्वर गैरेले सहकारी मार्फत सदस्यहरुको सिर्जनशिलता, ब्यवसायिकता र उत्पादनशिलताका विषयमा निरन्तर काम गरेको बताएका छन् । सहकारीको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष गैरेले आगामी दिनमा उत्पादनमुलक र सिर्जनशिल काम गर्ने विषयलाई प्राथमिकता दिने बताए ।
साधारण सभामा कोषाध्यक्ष बिष्णु खनालले लेखा सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । खनालले गत आर्थिक वर्ष सम्मको रु २ करोड ५७ हजार ४ सय ९७ रुपैया ६४ पैसा बराबरको आयब्यय प्रस्तुत गरेका थिए ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट निक्षेपकर्ता, कर्जा कारोवारी लगायत ३ जनालाई सम्मान गरेको थियो ।
कार्यक्रम सहकारीका उपाध्यक्ष महेश शर्मा आचार्यको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।













