देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले आफ्नो ७०औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा अर्यालको अध्यक्षता सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेको रहेको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि गैरेले गुणस्तर शिक्षा आजको आवश्यकता रहेको बताउदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे विद्यालयमा रहेको विभिन्न प्रगती तथा समस्याहरु समेत वताउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरे, पाल्पा समन्वय प्रमुख टङ्कनाथ खनाल सहित अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। सोही अवसरमा असल अभिभावक,पूर्व वि.व्य.स अध्यक्ष,पुर्व प्र.अ. शिक्षक कर्मचारीलाई सम्मान तथा विभिन्न अतिरिक्त क्रियाकलाप तथा कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालयका शिक्षिका लालकुमारी खाम्चाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक शेष नारायण चालिसेले गर्नु भएको थियो ।













