पाल्पा १ पौष
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले भारवाहन क्षमता भन्दा बढि ढुङ्गा ढुवानी गरि आएका टिपर पहिचान गरि पहिलो पटकलाई भार मिलान गरि पठाएको छ । पूनः भारक्षमता भन्दा वढि ढुङ्गा ढुवानी गरेको पाइएमा कारवाहीमा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले वताए । तानसेन नगरपालिका वडा नं ७ बर्तुङमा स्वंम मल्लको सक्रियताको टिप्परहरुलाई रोकी भारमिलान गरिएको हो । भारवाहन क्षमता भन्दा बढि ढुङ्गा ढुवानीका कारण सडकमा क्षती पुग्नुका साथै र्दुघटना हुने संभावना पनि वढि हुने हुदा यसको नियन्त्रणकोलागी भारवाहन मिलान गरिएको मल्लले वताए ।













