पाल्पा, १ पौष
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको अध्यक्षमा कमल भट्टराई निर्विरोध चयन भएका छन् । प्रतिष्ठानको तानसेनमा भएको ८ औं अधिवेशनबाट आगामी ३ वर्षका लागि भट्टराई अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट प्रतिष्ठानको प्रथम उपाध्यक्षमा रुपेश कार्की, द्वितिय उपाध्यक्षमा दीपक केसी, महिला उपाध्यक्षमा यसोदा कार्की, सचिवमा बविता खनाल, सह–सचिवमा गणेश न्यौपाने, कोषाध्यक्षमा धनी खाम्चा, सह–कोषाध्यक्षमा रामकृष्ण थापा र प्रवक्तामा ममता कोइरालालाई चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुुमित घिमिरे, दुुर्गा पाण्डे, जनकराज अर्याल, सागर कुंवर, शिव भट्टराई, सुशिल बस्याल, भरत खड्की, बविता विष्ट, अनिता ज्ञवाली, सीमा सारु, सकुन्तला गैरे, विजय बम्डेल, श्रवण गोतामे र तुल्सा गाहा चयन भएका हुन् । यस्तै प्रतिष्ठानको संरक्षकमा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्ध्यक्ष दुर्गा रायमाझी र प्रतिष्ठान पाल्पाकी निवर्तमान अध्यक्ष रेखा विष्ट रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोकगीत र संगीतको प्रभाव समाजमा बढ्दै गएको बताएका थिए।
प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रेखा विष्टले नयाँ नेतृत्वलाई बधाई तथा शुुभकामना दिर्दै प्रतिष्ठानको शाखालाई जोगाउँदै नवप्रतिभाहरुको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरेकी थिइन् । कार्यक्रमका अन्य वक्ताहरुले नेपाली लोकसंगीतको प्रवर्धनमा कलाकारहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष अनु खनालले आर्थिक प्रतिवेदन र सचिव कमल भट्टराईले सांगठनिक प्रतिबेदन पेश गरेका थिए ।













