निस्दी पाल्पा
निस्दी ४ मित्याल आरुङ्गखोला पाल्पा जनप्रीय मा बि मा शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ मुल उद्देश्यले बिगत ४ बर्ष देखि बेस नेपालद्वारा संचालित साक्षरता कार्यक्रम जिम्मेवारी हस्तान्तरण समारोह कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रीय मा बि शिक्षक उपभोक्ता समिति अध्यक्ष केश बहादुर सोमैको अध्यक्षता भएको हस्तान्तरण समारोह कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु,बिशिस्ट अतिथि निस्दी गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ अतिथिहरु निस्दी गा पा लेखा अधिकृत सारोज काफ्ले, निस्दी गा पा शिक्षक शाखा प्रमुख नर बहादुर थापा, बेस नेपालका कार्यकारी निर्देशक सलिकराम बस्याल लगायत विभिन्न समाजसेवी रहनु भएको थियो ।पबालबालिकाको भबिस्य यहाँ सम्म ल्याउन जत्ती बेस नेपालले पुस्तकालय लगायत विभिन्न भवन उपलब्ध गराउनु भयो अब को दिन मा यसलाई निरन्तरता दिन हामी सिंगो निस्दी गा पा लागिरहेने प्रमुख अतिथि सारुले बताउनु भयो । निस्दी गा पा को शिक्षा लाई अगाडि बढाउन बेस नेपाल र रुम टु रिनले धेरै सहयोग पुर्याएको र बिद्यार्थीहरु आज धेरै बुझ्ने भएको बेस नेपाल तथा रुम टु रिनको कन्सेफ्टले भएको सारुले बताउनु भयो ।













