बिश्वश घिमिरे
रुपन्देही क्षेत्र नं.२को प्रतिनिधि सभा सदस्य तर्फको मतगणनाको क्रममा मतपत्रमा हस्ताक्षर नमिलेको मत भेटियोको कारण मतगणना स्थगित भएको छ ।
रुपन्देही २ को मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको हो । मत पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले मतगणना स्थलमा धर्ना दिएका छन् ।
गणनाको क्रममा एउटा मतपेटीवाट खसेको मत भन्दा ३४ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न एक अधिकारीले जानकारी दिए ।
दुई पौडेलबीच भइरहेको घम्साघम्सीमा हस्ताक्षर नै नमिलेका बढी मतपत्र भेटिएपछि तनाव थपिएको हो ।
केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले मत गणना स्थगित गरी अन्य उम्मेदवारहरुले धर्ना दिइएको बताइएको छ ।













