दाङ क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।
२६ हजार ५ सय ६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले पराजित गरेका हुन् । चौधरीले २१ हजार ४७९ मत पाएकी थिइन् ।
यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका हुन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले १ हजार ९२ मत प्राप्त गरेकी हुन् ।













