पाल्पा, ९ मंसिर
सुमन कार्की ।
पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ पाल्पामा नेकपा एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार गैरेले आफ्ना प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार नेकपा एसका सोम प्रसाद पाण्डेयलाई पाण्डेयलाई ३ हजार ९सय ६६ मतान्तरले पराजित गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गैरेले सदर मत मध्ये २७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् भने पाण्डयेले २३ हजार ८ सय ४१ मत ल्याएका हुन् । क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेद्वार गैरेले मत गणनाको सुरुवात देखि नै अग्रता कायम राख्दै आएका थिए । पाल्पा क्षेत्र नं.२ मा ६४ हजार २ सय ३ खसेको थियो ।
गैरे र पाण्डेय सहित क्षेत्र नं. २ मा १० जना दल र ३ जना स्वतन्त्र उम्मेद्वार गरी १० जना प्रतिस्पर्धामा रहेका थिए । प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेद्वार विपिन कंडेलले पनि आकर्षक मत प्राप्त गर्नु भएको छ । कंडेलले २ हजार ८ सय ६३ मत, मंगोल नेशनल अर्गनाईजेशनका थमन बहादुर बुढा मगरले २ हजार ४५, राप्रपाका ज्ञान बहादुर सिंजालीले २५८ मत, राष्ट्रिय जनमुक्ती पार्टीका उजर सिं दर्लामीले १२१ मत, जसपाका मेहरमान रानाले ८७ मत, स्वतन्त्र उम्मेद्वारहरु राजु सुनारले ६८, नारायण न्यौपानेले २७ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गर्नु गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरी विजयी उम्मेदवारहरुलाई प्रमाण पत्र प्रदान गरि शुभकामना समेत व्यक्त गरेको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए।













