पाल्पा ८ मंसिर
सुमन कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछानेले निर्वाचनमा अपेक्षा गरेभन्दा धेरै राम्रो नतिजा आएको बताएका छन्।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष लामीछानेले निर्वाचनमा आफूले सोचे भन्दा वढि विश्वाास चितवनवासीले गरेकोमा धन्यवाद व्यक्त गर्दे आफुले चितवनवासीको मात्र नभई सम्पूर्ण नेपाली आमाबुवा,दाजुभाई दिदी वहिनीहरुको विश्वासको कदर गर्ने वताए ।
अध्यक्ष लामीछानेले जनताले आफूलाई इमान्दारिता र निष्ठापूर्वक नै हेरेकाले चुनाव जित्न सफलभएको वताउदै अव देशमा केही आमूल परिवर्तन ल्याउने विश्वास दिलाए । यसैक्रममा लामीछानेले देशमा रहेको भ्रष्ट्राचारको फाइलको चाङ्ग जहाँ जहाँ पन्छ्याएर राखिएको छ त्यो सवै खोजी निती गरिने पनि वताए ।
अध्यक्ष लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए।
लामिछाने लामो समय सम्म टेलीभिजन कार्यक्रम संचालन गर्दे आएकोमा भख्खर मात्र राजनितीमा छिरेका हुन् । उनको टेलिभिजन कार्यक्रम सिधाकुरा जनता सँग देश विदेशमा सम्म प्रख्यात थियो । भोली पनि आम मतदाताहरुलाई धन्यवादको कार्यक्रम रहेको समेत जानकारी गराए ।













