असोज ३१ काठमाडौं ।
नेपाली चर्चित लेखक, विद्वान तथा सँस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको किष्ट मेडिकल कलेजले जानकारी दिएको हो ।
जोशी असोज ७ मा किष्टमा उपचारकोलागी भर्ना भएका थिए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्रोतले जनाएको छ ।