३१ असोज, काठमाडौं ।
नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । निगमले पुरानो नोक्सानी देखाउदै भारतबाट नियमित रुपमा घटेर पेट्रोलियम पदार्थको नयाँ मूल्य आइरहँदा पनि मूल्य समायोजन गरेको छैन् ।
जसकाकारण उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।
तर सञ्चित नोक्सानीका कारण देखाउदै तत्काल मूल्य समायोजन नहुने निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ ।
जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैया ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रति लिटरमा नाफा छ ।













