खेमराज पाण्डे
असोज ३१ गते ।
विशेष गरि तिहार भन्नासाथ फुलैफुलको उत्सव भनेर पनि चिनीने गरिन्छ । जिल्लाको तानसेन नगरपालीका १०का खत्री परिवारले आफ्नो १० रोपनी क्षेत्रफलमा मखमली फूल खेती गरेर एक सिजनमै लाखौ आम्दानी गर्दे आएका छन्् । विगत २० वर्ष अगी देखी फुल खेती सुरु गरेकी विष्णुमाया खत्री अहिले आफ्नो छोराको साथ सगै फुल खेतीलाई विस्तारीत गरी अगाढी वढाउदै आएकी छन् । विशेष गरी तिहारमा मालाको रुपमा प्रयोग गरिने मखमली फुलको मायालाई मध्य नजर गर्दे हरेक वर्ष विष्णु मायाले मखमली फुलको खेती गर्दे आएकी छन् । अन्य कामकोलागी भन्दा विशेषत तिहारकैलागी वढि प्रयोगमा आउने मखमली फुलको माला दिदी वहिनीहरुले दाजुभाईलाई टिका संगै लगगाइदिने प्र्चलनले गर्दा पनि वढि विक्री हुने गरेको छोरा बावुराम खत्रीको भनाई छ । सुरुमा थोरै फुलवाट सुरुवात गरेको खेती अहिले व्यवसायिक रुपमै अगाढी वढाएको बाबुरामले वताउछन् । अन्य खेतीवाली र फुल खेती संगसगै गर्दे आएको खत्रीले वताए । सिजन अनुसारको अन्यवाली भित्राए पछि फुल लगाउने र कार्तिकको अन्त्यमा फेरी सोही जगगामा अन्यवाली खेती गर्ने गरेको बाबुराम को भनाई छ ।
फुल खेतीकोको सुरुवातमा १० रुपैया गोटा माला बेच्दै आएकी आमा विष्णु माया खत्रीले अहिले प्रति गोट १ सय सम्म विक्री हुने वताउछिन् । १९ वर्ष अगी सुरुमा वारीको कान्लावाट सुरुवात गरेको फुल खेतीलाई विस्तारै वढाउदै अहिले आफ्नो वारी भरिनै मखमली फुलैफुल लगाएको विष्णुमाया वताउछिन् । अहिले सवै परिवारको साथ र सहयोग भएको कारण फुल खेती वाटै एक सिजनमा १ लाख सम्म आम्दानी गर्न सकेको उनको भनाई छ । सुरुवाती चरणमा फुल खेतीमा केही समस्या आएता पनि त्यसलाई निराकरण गर्दे अहिले खासै समस्या नभएको खत्री परिवारको भनाई छ । फुलको विउ राख्ने र विउ हुर्कीए पछि सार्ने र हुकाउर्नको लागी केही मेहेनत गर्नु परेपनि पछि भने कोपीलालागी सकेकपछि भने खासै समस्या नहुने कृषकको भनाई छ ।
फुल विक्री वितरणको लागी वजारीकरणको कुनै पनि समस्या नभएको र थोरै लगानीवाट पनि राम्रो आम्दानी गर्न सकिने मध्येको एक व्यवसायिक खेती मध्यको एक मखमली फुल पनि रहेको बाबुराम वताउछन् । यसैमा आफुले पनि आमालाई वर्षो देखि साथ दिदै आएको वताउछन् । आफुहरुलाई अहिले सम्म पनि कुनै स्थनिय सरकारवाट सहयोगतथा अनुदान प्राप्त नभएको वताउछन् ।
कृषकहरुलाई हौसला तथा प्रोत्साहनका साथ साथै अनुदानका कार्यक्रमहरु दिन सक्ने हो भने यी खत्री परिवार मात्र होइन् अन्य परिवारलाई पनि व्यवसायी मुखी वनाई आत्मनिर्भर वनाउन सकिने देखिन्छ । त्यसैले वेलैमा स्थानिय सरकार मात्र नभई संघीय र प्रदेश सरकारले पनि यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।












