असोज ३० पाल्पा
तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
पोखरीमा डुवेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुु¥याइएको थियो । अस्पताल लगिएकोमा उनलाई डाक्टरले दिउसोको ३ः०० वजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नारायणस्थानको पोखरीमा यसअघि पनि पौडी खेल्ने क्रममा धेरै जनाले ज्यान गुमाइसकेका छन् ।













