पाल्पा – उम्मेद्वारको नाम टुंगो लागेपछि सुरु भएको एमाले पाल्पा भित्रको विद्रोहले निरन्तरता पाएका हुन्। दुई दिनअघि एमालेले पाल्पाको प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेद्वार बन्नेको नाम टुंग्याएको थियो । त्यसबेलादेखि नै सार्वजनिक रुपमा एमाले पाल्पाभित्र विद्रोहको सुरु भएको छ ।
पार्टीभित्र व्यक्तिवाद हावी भएको, योगदान र क्षमताको मुल्यांकन नगरेकाले तानसेन वडाका नं. ८ का सबै कमिटिले राजीनामा दिएको वडा कमिटिले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य एकप्रसाद भण्डारीले एमालेमा नरहने घोषणासँगै तानसेन वडा नं. ८ को सबै कमिटिका पदाधिकारीले एमालेबाट राजीनामा दिएका हुन्।













