असोज २३
पाल्पा- निस्दी अर्मला बस्ने अन्दाजी ३५ बर्षे टक बहादुर बराई मगरको खोलाले बगाएर मृत्यु भएको छ ।
बराई घर फर्कने क्रममा रामपुर नगरपालिका १ स्थितमा रहेको साखर्दी खोलाले बगाएर बेपत्ता भएका थिए । प्रहरीको खोजतलासको क्रममा असोज २२ गतेनिस्दी चारघरे नजिकै साखर्दी खोलामा मृत अवस्थामा फेला परेको प्रहरी नायव वीरेद्र थापाले जानकारी दिनुभयो ।
यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।













