पाल्पा,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, इप्पान नेपालकाे केन्द्रिय सदस्यमा बुटवलमा युवा उर्जा व्यवसायी जगत बहादुर पाेखरेल निर्वाचित हुनुभएको छ । पाेखरेल निर्विरोध निर्वाचित हुनुभएको हो उहाँ यसअघि इप्पान गण्डकी प्रदेशकाे संयोजक हुनुहुन्थ्यो ।ऊर्जाको क्षेत्रमा क्रियाशील रहनुभएका युवा उद्यमी पाेखरेलकाे नेतृत्वमा पाँच ओटा जलविद्युत परियोजनाको काम भइरहेको छ । उहाँले भिजन लुम्बिनी ऊर्जाको सहायक कम्पनीकाे सञ्चालन गरि ऊर्जा क्षेत्रमा विशेष याेगदान गरिरहनुभएकाे छ ।
उहाँ बज्र इनर्जि भेन्चर्स,नमोबुद्ध हाईड्रोपावर,खप्तड पावर र श्रेष्ठ इनर्जी सोलुसनको अध्यक्ष हुनुहुन्छ भने भिजन लुम्बिनी उर्जा कम्पनी, भिजन लुम्बिनी कम्पनी लिमिटेड,आरम्भ चौतारी लघुवित्त, माइक्रोफाईनान्स एसोसिएसन, ट्रष्ट माईक्रोइन्सुरेन्स भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतका संस्थाकाे संस्थापक अध्यक्ष हुनुहुन्छ ।

नेपालको उर्जाक्षेत्र सहित विभिन्न क्षेत्रमा युवा सहभागीता सहित पूँजी व्यवस्थापन गरी राष्ट्र निर्माणमा विशेष याेगदान दिनुभएको उहाँलाई मितव्ययी एवं पारदर्शी तारिकाले जलविद्युत आयोजना निर्माण गर्ने युवा व्यवसायीको रुपमा लिने गरिन्छ ।
ऊर्जा उत्पादकहरूकाे संस्था इप्पान नेपालको विधानअनुसार भएको समिति चयनमा कार्यसमितिकाे अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित हुनु भएको छ ।
बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्षमा निर्वाचित हुने विधान भएकाले उहाँ स्वतःअध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ वरिष्ठ उपाध्यक्षमा भने उत्तम भ्लोन लामा सर्वसम्मत चयन हुनु भएको छ । इम्पानको अन्य पदहरुमा पनि नयाँ पदधिकारी निर्वाचित हुनुभएको छ।













