असोज २३, पाल्पा
तिनाउ वडा नम्बर २ र ३ का २० जना किसानले ५० प्रतिशत अनुदानमा हातेटेक्टर पाएका छन् ।
दोभान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको शुभकमाना आदानप्रदान तथा हातेटेक्टर बितरण कार्यक्रममा पालिकाका अध्यक्ष पे्रम श्रेष्ठ, उपाध्यक्ष लाल बहादर थापा, वडा नं. २ का वडा अध्यक्ष यादव प्रसाद अर्याल, वडा नम्बर ३ का वडा अध्यक्ष चित्र बहादुर थापाले संयूक्त रुपमा किसानलाई हातेटेक्टर हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अब किसानलाई उत्पादनमा अनुदान नीति ल्याएर तिनाउलाई कृषि उत्पादनमा बृद्धी गर्दै बुटवलको बजारमा बिक्री गरी आम्दानी गर्न किसानलाई सक्षम बनाईने बताउनु भयो । उपाध्यक्ष लाल बहादुर थापाले खेतीवाली र पशु पालन बीचको अन्तरसम्बन्धको बारेमा उल्लेख गर्दै पशुपालन गरेमा दिगो र आत्मनिर्भर कृृषि सम्भब हुने बताउनु भयो । तिनाउका प्रबक्ता तथा ३ नम्बर वडाका वडा अध्यक्ष यादव प्रर्साद अर्यालले सरकारी नीतिले टेण्डरबाट किन भन्छ । टेण्डरमा आएका गुणस्तर हिन सामग्री किन्न पर्ने बाध्याताले गर्दा गुणस्तरीय सामग्री खरिद गर्न नसकिने कानुनी बाध्यता प्रति गुनासो व्यक्त गर्नु भयो । सामुदायिक बन समन्वय समितिका अध्यक्ष पदम लाल शाक्यले सहकारीले शेयर सदस्यको लागि हेफरको सहयोगमा टेक्टर वितरण गरेकोमा खुशी व्यक्त गर्नु भयो ।
तिनाउ गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक सहयोगमा संचालित तिनाउ कृषि तथा पशु उद्यमसिलता विकास परियोजना बाहेक हेफरले कृषि क्षेत्रमा यान्त्रिकीकरणका लागि सहयोग गर्न सहकारी मार्फत ५० प्रतिशत अनुदानमा किसानलाई टेक्टर सहयो गरेको सहकारीका अध्यक्ष चोप लाल गिरीले बताउनु भयो । टेण्डर गर्दा पनि किसानलाई खरिद प्रकृयामा सहभागि गराउन सकिने भन्दै सहकारीले टेक्टर खरिद गर्दा अपनाइएका प्रकृयाको बारेमा गिरले जानकारी गराउनु भयो । सहकारीले कोटेशनमागेको र प्राप्तको टेशन मध्ये सप्लायर्स छनौटका लागि किसानले सामग्रीको गुणस्तर हेर्ने, सक्दो बार्गेनिङ्ग गर्ने र टिकाउपनको लागि सप्लायर्सलाई जिम्मेवारी गराउनका लागि सहकारीले अवलम्बन गरेको प्रकृयाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले शुभकमना आदानप्रदान गरेका थिए ।












