पाल्पा, असोज १६
४८ जना पाल्पामा विभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकर्ता एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा अधिकांश नेकपा एमालेका नेताहरू रहेको थिए। युवा संघ नेपाल पाल्पाले आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा नेकपा एमालेका नेता सुरेन्द्र कार्की,माओवादी केन्द्रका विकास नापित,तुलसी पोखरेल,दया श्रेष्ठ,खड्क श्रेष्ठ,मोहोन आचार्यसहित ४८ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरूलाई एकीकृत समाजवादी पार्टिका पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे,केन्द्रीय सदस्य एवम राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे,पाटीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,पाल्पा जिल्लाका इन्चार्ज एवम जिल्ला अध्यक्ष खिमान्नद पाण्डे, पाल्पा जिल्ला सह इन्चार्ज एवम पाटीका केन्द्रीय सदस्य अशोक कुमार शाही तथा पार्टिका नेता लक्ष्मी पाठकले पार्टिमा स्वागत गरेका हुन ।
पार्टिमा नव प्रवेशीहरूलाई स्वागत गर्दै एकीकृत समाजवादी पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डेले पार्टि प्रवेश गरेका नेता तथा कार्यकर्तालाई उचित स्थानको व्यवस्थापन गरि नेतृत्व प्रदान गर्ने जानकारी दिनुभयो । नेकपा एमाले पार्टिलाई तानाशाही एवम एकलौटी रूपमा अगाडी बढाउन खोजेको, नेपाली जनताले ल्याएको संविधान माथि प्रहार गर्न खोजेकोले देशको राष्ट्रियताको संरक्षण, स्वाधीनताको संरक्षण एवम संविधानको रक्षा गर्नका लागि पाटी फुटको अवस्था आएको बताउनुभयो । अहिले देशमा गठबन्धनको सरकार छ । उहाले केही विपक्षहरूले गठबन्धन हुदैन भनेर हल्ला फैलाउन सक्ने प्रबल सम्भावना रहेपनि हल्ला पछि नलाग्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो । देशभरि गठबन्धनको सरकारले अत्यधिक बहुमतका साथ विजयी हासिल गर्ने मन्त्री पाण्डेले बताउनुभयो ।













