असोज १५ गते
अनुरागी शिव भट्टराई ।
नेपाली लोकदोहोरी गितका चर्चित सर्जक एवम् गायक शिव हमालले यसपालिको दशै स्याङ्जा आफ्नै घरमा परिवारसंगै मनाउने भएका छन् ।
रास्ट्रिय न्युजसंगको कुराकानिमा हमालले धेरैजसो दशैकोवेलामा ठुला ठुला कार्यक्रमहरु देश तथा विदेशमा हुने गर्छन् र हमाल पनि प्रायजसो कार्यक्रममै व्यस्त हुने कलाकार मध्येका एक हुन् । यस पटक भने बिदेशबाट कार्यक्रमको अफर आएता पनि नेपाली हिन्दुहरुको महान चाड परिवार संगै बसेर मनाउने निर्णय गरेको कारण वाहिर नजाने वताएका छन् ।
कोरोना कहर पछि अहिले देशका विभिन्न स्थानमा मेलामहोत्सब भैरहेको छ र ती महोत्सबमा भ्याइनभ्याइ दौडानमा हमाल, असोज १५ गते पोखरा कार्यक्रममा सहभागी जनाई त्यसपछिका केही कार्यक्रम आफ्नै गृहजिल्ला स्याङ्जामा रहेको वताउछन् । स्याङ्जाको कार्यक्रम सगै दशै पनि गृहजिल्लामै दशै परिवार सगै धुमधामले मनाउने योजना रहेको हमालले रास्ट्रिय न्युजलार्ई जानकारी दिए ।













