पाल्पा, असोज १३
पाल्पा रैनादेबि छहरा गाउँपालिका ४, अर्घाखाँची भित्री पक्की सडक खण्डमा बुटबलबाट जुठापैवा तर्फ जादै गरेका जिप दुर्घटना भएको हो । लु १ ज १४३१ नम्बरको जिप अचानक हुस्सुका कारण बाटो नदेखिएर सडक देखि अन्दाजि ५ मिटर तल श्री भैरब माध्यमिक विद्यालयको निर्माणाधिन भवन खसेको थियो ।
उक्त जिपमा ११ जना सवारी थिए । ति मध्ये ४ जना घाईते भएका छन् । जिल्ला झापा टोपकासी गाउँपालिका ५ का ४४ वर्षे कृष्ण बहादुर राइ, पाल्पा रैनादेवि गाउँपालिका ६ का १९ वर्षे हिरा पुन, ऐ.ऐ बस्ने २४ वर्षे दिपक पुन र ४१ वर्षे छविलाल रास्कोटी घाईते भएका छन् । घाईतेहरुलाई युनाईटेड मिसन अस्पतालमा पाल्पामा राखिएको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रण राखिएको प्रहरी नायव उपरीक्षक वीरेद्र थापाले जानकारी दिनुभयो ।













