काठमाडौं, असोज १२
काठमाडौं कोटेश्वर र नयाँबसपार्कमा चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले नयाँबसपार्कबाट ८ जना र काटेश्वरबाट ८ जना पक्राउ गरेको छ ।
चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता गतिबिधी गर्ने कार्यमा संलग्न रहेका व्यक्त्तिहरुई प्रहरीले पक्राउ गर्दै आएको हो ।
पक्राउ परेका माथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।













