भाद्र २३,पाल्पा
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन गरेको छ । सन्दीप लामिछाने उपर जवर्जस्ती करणी कसुरमा भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसनधान गर्नका लागी सम्मानित काठमाण्डौ जिल्ला अदालतवाट पक्राउ पुर्जी जारी भएको भन्दै संघले लामिछानेलाई निलम्बन गरेको हो ।
नेपाल क्रिकेट संघले प्रेश विज्ञप्ती जारी गर्दे संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमवाट निलम्बन गरिएको संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनु भयो ।
लामिछाने भने खेलको शिलसिलामा देश वाहिर रहेका छन् ।














