२३ भदौ, काठमाडौं
जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
अहिले क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताए । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले बताउनु भयो ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीप विरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी हुन् ।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भयो ।
प्रहरीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीप माथि कुनै एक्सन लिने भन्दा पहिले छानबिनमा सहयोग गर्ने जनाएका छन् ।
बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् , सन्दिप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् ।













