भाद्र २४, पाल्पा
पाल्पा -जिल्लाको माथागढी गाउँपालिका ३ कसेनीमा भएको प्रथम सराई महोत्सव बिहीबारबाट सुरू भएको छ
बिहिबार माथागढीको सराईमा बालबालिका विभिन्न भेषभूषामा सजिएका देखिन्थ्यो । कोही पाल्पाली ढाकाको पहिरन, कोही राष्ट्रिय झण्डा समाएर लामबद्ध थिए । कसैले राष्ट्रिय पहिचान गराउने पोषाकमा सजिएका देखिन्थे त कोही विभिन्न जातजातीको मौलिक पोषाकमा । सराई युवा क्लबले आयोजना गरेको प्रथम सराई महोत्सवको झाँकी र्यालीमा सजिएर बालबालिकाले आफ्नो कला प्रस्तुत गर्न तम्तयार पनि थिए ।
बिहिबारबाट कसेनीको सराईमा प्रथम सराई महोत्सव सुरु भएको छ । माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहेको छ । महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने र ७० लाख बराबरको आर्थिक कारोबार हुने बताईएको छ । महोत्सव असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।














